मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » साताको साहित्य पुरस्कार — २०१५ ( प्रेस विज्ञप्ति )

साताको साहित्य पुरस्कार — २०१५ ( प्रेस विज्ञप्ति )

bool(false)

 
यस बर्षको साताको साहित्य पुरस्कार लेखक नवराज पराजुलीको कविता ‘सगरमाथाको गहिराइ’ लाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य डट कम मा अगष्ट २०१४ देखि जुलाई २०१५ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र साताको साहित्यको निर्णयको आधारमा तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा छवि अनित्यको कविता ‘बिक्रिमा देश’ र रेशम बोहोराको कविता ‘आमा र देश’ छानिएका थिए । तत्पश्चात चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट पनि सर्बोत्कृष्ट रचनाको रुपमा नवराज पराजुलीको रचनालाई बहुमतको आधारमा चयन गरेको थियो। निर्णायक मण्डलमा कवि महेन्द्र पौडेल (अध्यक्ष अनेसास सिड्नी), ऋषि आचार्य (सम्पादक—नेपाली पत्र अष्ट्रेलिया), सुजित सिग्देल (सम्पादक—नेपाली टाइम्स अष्ट्रेलिया) र निष्प्रभ सजी (सम्पादक—साताको साहित्य) रहेका थिए । लेखक पराजुलीलाई साताको साहित्यको तर्फबाट बधाई तथा शुभकामना । यस पुरस्कार यही नोभेम्बरको अन्त्यमा काठमाडौँमा एक समारोहका बिच प्रदान गरिने छ। लेखकले पुरस्कार स्वरुप नगद रु बीसहजार र ताम्र पत्र प्राप्त गर्नेछन् । गत बर्ष यो पुरस्कार कवि मुकुन्द प्रयासले  प्राप्त गरेका थिए ।



  निष्प्रभ सजी
   सम्पादक
साताको साहित्य डट कम

पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस