मुख्य पृष्ठ » कविता » नाकाबन्दी र देश

नाकाबन्दी र देश

string(43) "user_uploads/members/478378743682_large.jpg"
लेखक
शोभाकान्त गौडेल
नाम : शोभाकान्त गौडेल
  शोभाकान्त गौडेलका रचनाहरू

हो, यो नाकाबन्दी खुल्न सक्छ
सडेका प्याज कुहिएका आलुमात्र होइन
नुन, तेल औषधि र ग्यास
अब निर्बाध आउन सक्छ
तर बिगत साक्षी छ ढुक्क नहुनु कोही
दक्षिणको यो नाका
जहिले पनि बन्द हुन सक्छ


अति भयो यो बार्गेनिङको खेल
जहिले पनि छल कपट र जाल झेल
बन्द गर नाकाका सबै शंकाराचार्य द्वारहररू
राहदानीमा स्विकृत भिषाको छाप बिना
कोही पस्नै नपाओस्
भिषाको अबधी बेगर कोही बस्नै नपाओस्
सहज छैन यसो भन्न
कठिन छ यसो गर्न
नाका अब हामीले बन्द गरौ
कठिन हुन सक्छ यो यात्रा
या गरौँ, या तड्पी तड्पी मरौँ ।


समस्या छ हामीलाई, नुनको तेलको
समुन्द्र छैन हामीसँग
म्याग्दी र थाकखोलको नुन खानी खोलौँ
त्यतीले मात्र नपुग्न सक्छ
केरुङ्ग खोलौँ , कोरला खोलौँ
कालिगण्डकी, त्रिशुली, कोशी कोरीडोर खोलौँ
ओलाङ्चुङगोलादेखी उत्तरका सबै
संभाब्य नाकाहररू खोलौँ
हिमालपारी मुस्ताङको गर्भ भित्र
अथाह ग्यासको भण्डार छ भन्छन्
चुरे भावरको धर्तीमुनि
पेट्रोलको नदि नै छ भन्छन्
अब रे रे मा होइन
बास्तबिकतामा जिउन सिकौँ
ग्याँस र पेट्रोल देश भित्रबाटै झिकौँ


हिमपालित अबिरु कलकल
द्रुतगामी ती बग्ने सललल
सेती, काली मादी मरस्याङ्दी
घाटै पिच्छे पाउर हाउस भएको पर्वतको मोदी
कोशी कर्णाली भेरी र त्रिशुली
थुनौ ठाँउ ठाँउमा निकालौँ बिजुली
छैडौँ पहाड खनौँ सुरुङ्ग
भेरीलाई बबईमा झारौँ
मादीलाई बेगनास तालमा
कालीलाई राम्दीबाट छेडी बटौली झारौँ
कति निस्केला बिजुली
पूर्व पश्चिम नहर खनौँ कति होला खेति
बिजुली बाटै चलुन रेल
रेलले जोडोस् पूर्व मेची पश्चिम महाकाली
बिजुली बाटै चलुन् बस
मध्य पहाडी लोकमार्ग चलोस्
ताप्लेजुङग दार्चुला एक्सपे्रस

जुम्ला हुम्ला मुस्ताङका स्याउ
मध्य पहाडका सुन्तला
रतनचुराका जुनार
पहाडका आलु
बा्रे काउली, बन्दा र मटर कोसा
इस्कुस, चम्सुर पालुङ्गो र कुरिलाको ठोसा
के छैन हामिसँग सबैथोक छ
जल छ बल छ धन छ मन छ
नगरेरै हो नराधम नास्तिक भएर मात्रै हो
कसले बन्द गर्यो ट्रलीबस
गैडाकोटको भृकुटी कागज कारखाना
बाँसबारीको छाला जुत्ता
हरिसिद्दि को ईट्टा
बुटवलको धागो हेटौडाको कपडा
त्राहीमाम छ देश
ग्यासको सिलिन्डर र नुनको धुलोले
हल्लाईदिन्छ देशको अर्थतन्त्र    
पराधिन भै बस्नुपरे के को लोकतन्त्र
छिराउने सियो देखि बुन्ने धागो सम्म अड्किएको छ
राष्ट्रियताको चोट झन् झन् बल्झिएको छ  

बर्षमा पचास लाख पर्यटकहररू आउन
जलजले हलहले तिन जुरे
घान्द्रुक लान्द्रुक पुनहिल र घुम्टे
सगरमाथा, अन्नपुर्ण राउण्ड
पाथिभरा, स्वर्गद्वारी खप्तड डहरे र पञ्चासे
आहा स्वर्गको टुक्रा
बनाइदेउ अतिथी गृह सफा र चिटीक्क
अमनचैन शान्ति सुरक्षा
बन्द सन्द नहोस फिटीक्क
हेरौ त देश कहाँ पुग्छ दश बर्षमा
नाकाबन्दी त हामीले लगाउनु पर्ने हो
अरब भन्दा बेसीको जनसंख्या
बिना रोकटोक यता र उता
कहि छैन संसारमा
मनको ब्यथा लेखिरहेछु
म यति बेला
दिबङ्गत डाक्टर हर्क गुरुङलाई
झल्झली सम्झीरहेछु
झल्झली सम्झीरहेछु

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस