मुख्य पृष्ठ » कविता » खै त्यो मान्छे को हो ?

खै त्यो मान्छे को हो ?

bool(false)

करबिरे, मनबिरे कि धनबिरे ?
को हो त्यो मान्छे ? को हो त्यो ?
म उसलाई चिन्न चाहन्छु
वर्षौ देखि म हेरीरहेछु उसलाई
काँधमा एउटा ठुलो बाकस
काखिमा च्यापेको एउटा कुम्लो
यस्तै केही बोकी हिँड्छ उ
र उक्लि रहेको हुन्छ
उसका पुर्खाद्वारा नुन मटितेल लिन
बटौली पुग्न बनाएको
चण्डी भञ्ज्याङको उकाली गोरेटोमा
टापुमा पुगेर अदृश्य हुँदा म ढुक्क हुन्छु
उ आफ्नो गन्तव्यमा पुगेछ क्यारे  

उ सफलताको चुचुरोमा पुगी
सन्तोषको सांस लिंदै
आनन्दका साथ बसीरहे छ क्यारे
तर केहि दिन न बित्दै
खत्ल्यांग खुत्लुंग ढण्याङ्ग ढुणुङ्ग गर्दै
उसले अघि बोकी लगेको बाकस र कुम्लो
घरि उच्छिटिदै घरि थेच्चारिदै
तिब्र गतिमा तल झरीरहेको देख्दा
म झसंङ्ग हुन्छु
म उसलाई पनि देख्छु
केही समय पछि उ झरी रहेको हुन्छु
अघि मात्र उक्लेको ओरालो बाटबाटै  
अभ्यस्त भइसकेका छन यी आँखा
त्यो मान्छेलार्इ
घरि काँधमा एउटा बाकस
काखिमा च्यापेको कुम्लो
यस्तै केही बोकी उक्लि रहेको देख्न
र घरि रित्तै तेही मान्छेलाई
केही समय अघि
आफु उक्लेको बाटो ओर्ली रहेको देख्न
तर चिन्दिनम् खै त्यो मान्छे को हो ?
करबिरे, मनबिरे कि धनबिरे ?
को हो त्यो मान्छे ?
को हो त्यो ?
म उसलाई चिन्न चाहन्छु !


भरतपुर, कविडाँडा चितवन

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस