आरोपहरू

bool(false)

लालुपातेको रङ चोरेर फुलेका
प्लास्टिकका फूलहरुसित  समय फुलिरहेछ

मान्छेहरू
त्यै समयलाई सलामी चढाइ रहेछन्  

म एक्लै
ऊ तिर फर्केर धारे हात लगाइरहेछु

समय अनुसार चल्न नसकेको
ती फूलहरू संगसंगै फुल्न नसकेको
आरोप छ - म माथि

यद्यपि
म त्यो समयभित्र समय चलेको देख्तिन र
फूलहरुसित फूल फुलेको देख्तिन

तिनै परिदृश्यहरु हेरेर नहाँसेको
आरोप छ - म माथि

मेरो आस्थाको हिउँचुली
सबै भन्दा सुन्दर चिज भन्दा नि सुन्दर छ
तर
मलाइ त्यसैको सौन्दर्य चाटेर
मक्ख परिरहन पुग्दैन

र त्यै हिउँचुली हेरेर
सम्मोहित हुन नसकेको
आरोप छ म माथि

कतिपय
अआयामिक प्रेमका आयामहरूमा
समय घुमिरहेछ

खुसीको नाममा शोकसन्तप्त
प्रहसनहररूको शृंखला
चलिरहेछ

हो, तिनै नाटकीय मंचहररूमा
ब्लाउज फेरे झैं छाति फेरेर
अभिशप्तताको पर्दा नउठाएको
आरोप छ म माथि

अनुहारहररूको जुलुसमा
आफ्नै अनुहार चपाएर निर्धक्क
नहिंडेको
आरोप छ म माथि

र अन्ततस्
म देखिरहेछु स्
मैले नछोई बसेको
पार्थिव समयको ह्यालुसिनेसन्
अथवा
मेरै सम्बेदनाको धुवाँमा अर्धमुर्छित्
उडिरहेका : आरोपहररू !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस