१.
विपतमा नी यिनलाई अत्यास लागेन
के गर्लान ख्वै? मलाई आस लागेन
बरू पहाडमा ठोक्किएर फर्के आवाज
यिनका कानमा कहिल्यै बतास लागेन
२.
के गर्दैछौ ? सोध्यौं, म झर्दैछु भनूँ ?
कि उन्नतिको शिखर चढ्दैछु भनूँ ?
नसकेपछि लुकाउन पीडाहरू
बेजवाफ बनेँ म, के गर्दैछु भनूँ?
३.
जनता प्रकोपको पीडा झेल्दैछ
बेजोड जीवनको रथ ठेल्दैछ
तिम्ले सोध्यौ सरकार कहाँ छ?
बेहोश छ ऊ भकुण्डो खेल्दैछ!