मुख्य पृष्ठ » कविता » भुइँचालोको कुरा

भुइँचालोको कुरा

bool(false)

भुइँतलाको भुँईमान्छेलाई भुँईचालोले सोध्यो
नौतले घर खोजिरा’थिस् कस्तो लागि रा’छ ?
आकाशमुनि छानो हुनु ठूलो कुरा रै’छ
अहिले सानो झुपडी यै महल लागि रा’छ !

भुँईचालोले फेरि सोध्यो नौतलेलाई प्रश्न
सम्पत्तिको सेखी झर्यो ? कहाँ मन छ बस्न ?

जम्लाहात निहुरिएर भन्यो नौतलेले
बाँच्नैमात्र पाए पुग्छ भन्छ जिन्दगीले
ओतलाग्ने एउटा छाप्रो भईदिए हुन्थ्यो
हजुर चाँहि फर्किफर्कि नआई दिए हुन्थ्यो !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस