विश्वास

bool(false)

भन्नु के सबै कुरा भन्नु अरु
बिन्ती मलाई माया गर्छु नभन्नु !

आकाशको तारा झारी दिन्छु भन्नु बरु
कैले काही खस्छ नि तारा
तिमीले झारेको हो मेरोलागि भनेर सुख महसुस गर्न पाउँछु
घामलाई निभाइ दिन्छु भन्नु बरु
हरेक साझ तिमीले नै हो नदीमा घाम खसालेको
र मलाई सजिलो पारेको हो तिमीले
अपिसबाट घर फर्कनलाई भन्ठानेर सुखले पुलकित हुन पाउँछु !

भन्नु बरु
हिँडदा हिँडदै हराइने यो गोरेकोको छेउछाउ
कतै हाम्रो पनि घर हुन्छ
हिँडदा हिँडदै कुनै दिन देखुला
खुल्ला चउर घासले भरिएको
जाहा हामी भयौँ भने
स्वास सजिलोसंग फेर्न सकिन्छ
न गेट लगाउनु पर्छ, न ढोका, न चुक्कुल
न डराउनै पर्छ हाउजिड !
मालिकले धेरै नाफाको लागि
छत खस्ने बनाएको छ कि भनेर
निदाउन सकिन्छ आरामले कुरा गर्दा गर्दै ताराहरुसंग
निदाएपछि सपनामा जून आएर
एक्लो छु
मलाई साथी बनाउन भन्यो भने
सपनामा नै सहि जूनलाई साथी बनाउन पाउँछु
भन्नु के सबैँ कुरा भन्नु
बिन्ती मलाई माया गर्छु नभन्नु !

तिमीले माया गर्छु भन्यौँ
मैले बिस्वास गरि दिए
अनि त्यसपछि
गढबड गर्यौ तिमीले भने
धोका धडी गर्यौ तिमीले भने
के हो ला मेरो ? के हो ला ?
सोच त !
भन्नु के सबैँ कुरा भन्नु
बिन्ती मलाई माया गर्छु नभन्नु !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस