आफ्नै गिदीलाई चट्याङ्ग हानेर
निकाल्नु छ।
चट्याङ्गे ठुङ्गो ।
र
चट्याङ्ग पार्ने खजूरो ।
नलि हाडले हिर्काउनु छ ।
सुर्य र
उफार्नु छ
अर्को तातो पिण्ड
जन्माउन पृथ्वी।
तोड्नु छ
दारे खप्पर
र फुटाउनु छ
भाग्य
र
हेर्नु छ
भविश्य।
फेरी आज पनि घाम उसरी नै रुदै पश्चिम गयो।
चराहरु उसरी नै आफ्नै गुँड फर्के!
खोलाहरु उसरी नै मौन बगि रहे।
सपना रहित!
एउट मान्छे गन्तब्य सम्म नपुगेर
समयको बलत्कार
खेपि रहेको छ।
एउटा गर्भवती सपना।।