मुख्य पृष्ठ » कविता » मेरो मान्छे भगवान भएको छ !

मेरो मान्छे भगवान भएको छ !

string(43) "user_uploads/members/522968594822_large.jpg"
लेखक
जयन्ती पौडेल
नाम : जयन्ती पौडेल
  जयन्ती पौडेलका रचनाहरू


भगवान जस्तै नबोल्ने
भगवान जस्तै नसुन्ने
भगवान जस्तै नदेख्ने
भगवान जस्तै नचल्ने
भगवान जस्तै नधड्किने
मेरो मान्छे मरै अघि
भगवान भएको छ ।

यो दुई तले घर उसैको सपना थियो
यो घरको गार्हो जोड्ने माटो
यो घर अड्याउने ढुँगा
यो ओत लाग्ने छानो
उसैले बोकेको थियो
उसैले बटुलेको थियो
उसैले छाएको थियो
मैले उसको सपनाको घरमा
रातो माटो र कमेरो पोतेर
थोरै रंग मिसाएकी मात्र हुँ ?


आज एक्कासी मलाई घरबाट निकालेर
मेरो मान्छे के सम्झिएर घर भित्र पस्यो ?
उसको सपनाको घर
किन उसैमाथि खस्यो ?
किन चिनेन उसकै घरले उसलाई ?
 

यो माटोलाई, ढुङ्गालाई
यत्तिकै छोडिदेउ
मैले मेरो भगवानलाई भर्खरै बगाएर आएकि छु
उसको तस्विर बगाउन सकिन
उसको सम्झना जलाउन सकिन
मलाई यही माटो र ढुंगा बटुलेर
एउटा घर बनाउनु छ
र पस्नु छ यही घरभित्र
मेरो भगवानको पुजारी भएर
उसको तस्विर कतै भित्तामा टाँगेर


मेरो मान्छे मरै अघि
भगवान भएको छ ।
 


 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस