ती पालैपालो आए
अङ्कमाल गरे, फकाए
म्वाइ खाए
बाचा गरे
तिनले सम्भोग गरे
यति गहिरो स्पर्श गरे कि
आहा.....! म के भनौँ
मलाई लाग्यो
त्यही नै हो जिन्दगी
त्यही नै हो मुक्ति
तर तिनले छाडे अनि गए
त्यसपछि जब म
गाईबस्तु, पकाइ—धुलाइको
दैनिकीमा फर्किएँ
जिन्दगी पहिले जस्तै
बिहान चार बजे शुरु हुन्थ्यो
र राति दश बजे रोकिन्थ्यो
बैँश चाउरिएपछि बुझ्दैछु
मेरो निर्दोषपनमाथि
तिनले जीवनभर
लोकतान्त्रिक वीर्यपात गरेछन्
मेरो सर्वस्व हरेछन् !
लेखकको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ हालसालै सार्वजनिक भएको छ ।