आकाश

bool(false)

एक दिन
आकाश मेरो चियाको कपमा लुक्न आयो
मैले त्यसलाई हृदयभित्र राख्न खोजेँ
र छिटोछिटो चिया पिएँ
तर कप रित्तो भयो र आकाश फेरि उडेर माथि गयो

फेरि मैले कपमा चिया भरेँ
आकाश फेरि कपमा झर्यो
कसैले भन्यो ‘ए गोजीमा हाल,
लुकाऊ न लुकाऊ !’
तर म तेजिलो घामले आफूलाई डढाउन चाहन्नथेँ
सघन वर्षातले आफूलाई रुझाउन चाहन्नथेँ
त्यतिका बिघ्न ताराहरू पनि मेरा लागि आफ्नै हुन्थे
म ती जम्मैलाई सोहोरेर झोलामा बोक्न सक्दिनथेँ ।

कसैले भन्यो
‘ए ! आँट गर
आकाशसँग बाँच्नु भनेको ठूलो कुरा हो ।’
तर मैले आकाशमा बिजुली चम्केको सम्झेँ
बज्र परेको सम्झेँ
एकबारको यो जुनीमा
मलाई यी अनावश्यक खतराहरू मोल्न मन लागेन
एक बट्टा सिग्रेट बोक्न नचाहने मैले
अलिकति ल्वाङ सुकुमेल बोक्न नचाहने मैले
आकाश बोक्ने किन चाहा गर्नु ?
मैले भनेँ ‘धर्तीलाई घाम र जून चाहिन्छ
धर्तीलाई उज्यालो चाहिन्छ ।’
त्यसैले
मैले आकाशलाई फेरि माथि फ्याकिँदिएँ ।



प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता (२०७०)


पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस