गजल

bool(false)

भक्त माथि ईश्वरबाटै छल भएपछि
कपट गर्नेहरु पनि सफल भएपछि


कहाँ रह्यो आस्था तपाईंलेनै भन्नुस्
पवित्र त्यो बागमती नी ढल भएपछि


हरायो महत्व  सुगन्धित फूलको पनि
घरघरमा प्लास्टिकका कमल भएपछि


खै कसरी हाँस्न सक्छ उही मान्छे फेरि
मन भित्रका रहर छेक्ने बादल भएपछि


कती सम्म गर्दै जान्छन् हेर्नुस् मान्छेहरु
एकतर्फी मायामा नै पागल भएपछि !

 

अर्घाखाँची
हाल साउदी अरब

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस