गजल

bool(false)

न समयसँग न त छ सरकारसँग
मेरो खबर छँदै छैन अखबारसँग

जस्तो देख्यौ तिमीले दुरुस्तै भनेका न हौ
छैन गुनासो मलाई तिम्रो बिचारसँग

उस्ले लात हानेको छ मेरो बिश्वासमाथि
हिसाब हुनेछ अब बालुवाटारसँग

मेरो देश मलाई बिजुली दिदैँ दिदैन
मीत लगाइसके मैले अन्धकारसँग

तिम्रै कारण सिकिस्त भएकी हुँ म आज
प्रहार गरेथ्यौ दिलमै लगातारसँग !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस