भरोसा

bool(false)

मलाई

तिमीमाथि त्यति भरोसा छ

जति भरोसा

तानले हतासोको गर्दछ

जति

फाली, कोदालीहरूले गर्दछन्–आरनको

जति

घरलाई आँगनले

र, दलिनलाई–बास बसेका पन्छीहरूले गर्दछन्

 

भरोसा गर भन

म आगोको पनि भरोसा गर्न सक्छु

 

भरोसा गर भन

म हतियारको पनि भरोसा गर्न सक्छु

 

भरोसा गर भन

म बन्दुकको पनि भरोसा गर्न सक्छु

 

बिन्ती !

म त्यो मान्छेको भरोसा गर्न सक्दिन

जो केटाकेटीहरूको झोलामा बारुद राखिदिन्छ

 

यहाँ भरोसा त

डोकोले–थाप्लो र नाम्लोको गर्दछ

 

यहाँ भरोसा त

रित्ता पैतालाहरूले गर्दछन्

उकाली, ओरालीहरूको

 

यहाँ भरोसा त

चौतारीले बतासको गर्दछ

 

धर्तीको निगरानीमा

यहाँ ननिदाइ बस्छ–आकाश

 

तिमी

भरोसाको कुरा गछ्र्यौ

 

भरोसा छ र त

जति बगाए पनि बाढीले

गरामा बयली खेलिदिन्छन्–बालाहरू

 

भरोसा छ र त

गरिरहन्छु–

म तिमीसँग देशका कुराहरू

 

भरोसा नहुँदो हो त

म उहिल्यै आत्महत्या गरिसक्थेँ ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस