मुख्य पृष्ठ » कविता » आमा र देश

आमा र देश

bool(false)

पर्खिरहेछन् मलाई पनि
आमाका बर्षौं पुराना - सपनाहरुले
बा’को काँध जस्ता - पहाडहरुले
प्रियसी जस्ता - बाटोहरुले
साथी-भाई जस्ता - चौताराहरुले
र देउरालीहरुले l
 
सबथोक छ मेरो पनि
जस्तो कि,
चुहिने भएपनि - घर
साहुले बन्धकी खाएको - खेत
म परदेश हिंडे देखि बाँझै पल्टेको – बारी
मैले अक्षर चिनेको - स्कुल
मेरो बालापन हुर्किएको - गाउँ
र सबैभन्दा ठुलो कुरो त,
यो भूगोलको कुनै एउटा कुनामा
मेरो पनि आफ्नै - देश छ l
 
यो समुन्द्रको एक हिस्सा पानि
त्यहि मेरो देशबाट बगिआएको -  त्रिशुलीको हो
त्यहि मेरो देशबाट बगिआएको -  अरुण-तमोरको हो
त्यहि मेरो देशबाट बगिआएको -  भेरी-कर्णालीको हो
जहाँ मिसिएको छ ÷
परदेशी सन्तानहरु सम्झेर रोइरहेका
लाखौं-लाख आमाहरुको आँसु l
 
लाखौं-लाख आमाहरुको आँसु मिसिएको
यहि समुन्द्र अगाडी बसेर
म –
आमालाई सम्झिरहेको हुन्छु l
म –
देशलाई सम्झिरहेको हुन्छु l
आखिर,
आमा र देश भनेको
एउटै त रहेछ नि l


धादिंग, नेपाल
हाल: बहराइन


पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस