मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » साताको साहित्य पुरस्कार २०१४ :: प्रेस बिज्ञप्ति ::

साताको साहित्य पुरस्कार २०१४ :: प्रेस बिज्ञप्ति ::

bool(false)


१९ सेप्टेम्वर,२०१४

यस बर्षको साताको साहित्य पुरस्कार लेखक मुकुन्द प्रयासको कविता, ‘देश, मधेस र पहाड’लाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य डट कम मा अगष्ट २०१३ देखि जुलाई २०१४ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र साताको साहित्यको निर्णयको आधारमा तीन उत्कृष्ट रचनाहरू गत हप्ता सार्वजनिक गरिएका थिए, जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा हेमन यात्रीको कविता ‘फेरि एक्लै’ र अमित रिजालको कविता, ‘आवश्यकताको सिद्धान्त’ छानिएका थिए । तत्पश्चात चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट पनि सर्बोत्कृष्ट रचनाको रुपमा मुकुन्द प्रयासकोे रचनालाई बहुमतका आधारमा चयन गरेको थियो । निर्णायक मण्डलमा ऋषि आचार्य (सम्पादक—नेपाली पत्र अष्ट्रेलिया), सुजित सिग्देल (सम्पादक—नेपाली टाइम्स अष्ट्रेलिया), महेन्द्र पौडेल (अध्यक्ष—अनेसास सिड्नी) र निष्प्रभ सजी (सम्पादक—साताको साहित्य) रहेका थिए । लेखक प्रयासलाई साताको साहित्यको तर्फबाट बधाई तथा शुभकामना । यस पुरस्कार आउँदो अक्टोवर महिनामा काठमाडौँमा एक समारोहकाबीच प्रदान गरिने छ । लेखकले पुरस्कार स्वरुप नगद रु बीसहजार र ताम्र पत्र प्राप्त गर्नेछन् ।  गएका दुई बर्ष साताको साहित्य पुरस्कार क्रमशः रविन्द्र समीर (२०१२) र रमेश सायन (२०१३) लाई प्रदान गरिएको थियो ।


  निष्प्रभ सजी
   सम्पादक
साताको साहित्य डट कम

पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस