मुख्य पृष्ठ » मुक्तक » मुक्तकहरू

मुक्तकहरू

bool(false)

१)

जीवन प्रहरसम्मको सपना पनि साँघुरो भएछ ।
जाबो एउटा घरसम्मको सपना पनि साँघुरो भएछ ।
के देख्नु यार सपना पनि ! अव त दिग्दार लाग्न थालिसक्यो
अस्ति भर्खर सम्मको सपना पनि साँघुरो भएछ ।


२)
आफ्नै हो द्धैध सपनाको पनि माया लाग्छ ।
तिमीमा कैद मेरो सपनाको पनि माया लाग्छ ।
शायद यी सपनाहरू आफ्नै भएकाले हुन सक्छ ।
मलाइ त बैध सपनाको पनि माया लाग्छ
र,अबैध सपनाको पनि माया लाग्छ ।


३)
बर्षौवर्ष देखिको दलन छ यो देशमा
दलनका ज्वारभाटाहरू छन्,
जलन छ यो देशमा ।
लोकतन्त्रको अनुभूत गर्न कहिल्यै पाएनन् जनताले
र पनि लोकतन्त्र दिवश मनाइने चलन छ यो देशमा ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस