सितारा

string(43) "user_uploads/members/958348481178_large.jpg"
लेखक
महेन्द्र पौडेल
नाम : महेन्द्र पौडेल
  महेन्द्र पौडेलका रचनाहरू

उप्किंदै जाँदा मुकुट बाट
छिन्दै  जाँदा आँचल बाट
तिमीले भन्यौ
के मूल्य जाबो सितारा को !

नियालेर हेर
छुटे का तिनै सितारा को टलक मा
देख्ने छौ
शान्ति का दूत - गौतम बुद्ध
अदम्य साहस का प्रतिक - तेन्जिङ शेर्पा
अनि तिनकै उचाई चुम्न
पखेटा फटफटाई रहेका
एहाँ कैयन बचराहरू ।
 
हो, न भेटिए पछि
सत्य र शान्ति
खोज्दै भौंतारिदै; आत्तिंदै हतासिंदै
छोडेकै हो, जन्मथलो
गौतम बुद्ध ले ।
 
चुचुरो मै उभिएर
अझ उचाइ थपे पछि सगरमाथा को
अंकमाल गर्ने हातहरू सँगै लुट्पुटिंदै
छोडेकै हो, देश
तेन्जिङ शेर्पा ले ।

दिनु पर्ने बेला
न तिमीले न्याय र शान्ति दियौ
दिनु पर्ने बेला
न तिमीले माया र अंकमाल दियौ
अनि, नस्याहारिएको बाली पछि
रित्तिएको भकारी झैं
रित्तियौ स्वयं तिमी
र त, उत्तानो बटुकी मा
भीख मागी रहेछौ पल पल
आफ्नै बुद्ध को
आफ्नै तेन्जिङ शेर्पा को ।
 
आज फेरि, दूर–दराज बाट
खोजी गर्दा म आफैंले
मेरो एक अन्जुली माटो को नाता
छेप्न खोज्दैछौ उल्टै तिमी
विदेशी अत्तर भरिएका पिच्कारीहरू ले !
र, हठात् पखालिदिन खोज्दै छौ
मेरो जीउ मा पोतिएको
मेरो आफ्नै माटो को सुगन्ध ?
 
फर्केर हेर त एकचोटि
आफ्नै मुकुट
आफ्नै आँचल
कति उजाड र मलिन छन्
टुटेपछि ति सिताराहरू !
 
टिल्पिल टिल्पिल टल्कँदै सगर भरि
उड्दैछन् सितारा बरु
चोइटिएपनि मुकुट बाट
छिंदेपनि आँचल बाट ।।


सिड्नी, अष्ट्रेलिया 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस