शब्दहरूको जालोमा
मस्तिष्क अल्झिएपछि
अर्थ खोज्दै –खोज्दै
आफ्नै मलामी गयो कवि।
बग्दै गरेको नदी अड्कियो
फुल्दै गरेको फुल ओइलायो
चम्कदै गरेको जुन अस्तायो
हास्दै गरेका आँखा बन्द भए
हावा सकियो ब्रमाण्डमा
निथ्रुक्क भिज्यो संसारिकताले
डग्रंङ्ग लड्यो एक कवि
जिउदो हुँदा नै उ मर्यो
उ मर्यो आफ्नै अघिल्तिर नै मर्यो
बग्दै गरेको नदी अड्कियो ।
आगोमा गुलाफ
ऐनामा ईश्वर
आँखामा समुन्द्र
जीवनमा इच्छा, मृत्युमा आवश्यकता
प्रेममा भ्रम, भ्रममा प्रेम
शून्यमा अन्त्य, अन्त्यमा सुरु
बोध भयो ह्वात्तै, झसङग भयो
सही वा गलत चपाउन नपाउदै
बौलायो कवि बौलायो
थाम्न नसकेर अर्थको बोझ
बुझ्न नसकेर जनेंद्रियाको क्रिया
कवि बौलायो
भोलि, नाङगै दौडन सक्छ
नापी सकेको छ सुन्दरताको वास्तविकता
चित्ताको तराजुमा
चिच्याउने छ पूर्व प्रेमिकाको आक्रोशमा
बिर्सने छ आफूलाई
लेख्ने छ सिमाना मुर्दाबाद, स्वतन्त्रता जिन्दाबाद
पर्खाल मुर्दाबाद, आँखा जिन्दाबाद
रङ्ग मुर्दाबाद, ढङ्ग जिन्दाबाद
धर्म मुर्दाबाद , ईश्वर जिन्दाबाद
जाति मुर्दाबाद, मानवता जिन्दाबाद
म स् म मुर्दाबाद
हामी हाम्रो हामी जिन्दाबाद
देश मुर्दाबाद , विश्व जिन्दाबाद
मुर्दाबाद....जिन्दाबाद
जिन्दाबाद....मुर्दाबाद
हाँस्दै छ हाँस्न नपाएर
रुदै छ हाँस्न नपाएर
बौलाहा कवि ।
तोपगाछी-७,झापा