मुख्य पृष्ठ » मुक्तक » तीन मुक्तक

तीन मुक्तक

bool(false)

                  (१)

नयाँ पालुवा पलाउन नसके ऋतु आउँदैमा के रमाउनु !
नयाँ बिहान ल्याउन नसके रात ढल्दैमा के रमाउनु !
शहीदको सपना र आम नेपालीको भाग्य कोर्न नसके
नयाँ फोटाले सिँहदरबारको भित्तो भर्दैमा के रमाउनु !


                   (२)

सेकिएको ढाड अझै सेकाउनुहोस् हजुर
ऋण माथि ऋण अझै बोकाउनुहोस् हजुर
ओरालो लाग्दा मृगले पनि खेद्छ भन्छन्
जनतालाई मन् लागे जति खेदाउनुहोस् हजुर !


                    (३)

आँखाका नानी जस्तै प्यारा छन् हाम्रा नानीहरु
जसलाई देख्दा छल्किन्छ आँखामा खुसीका पानीहरु
पहाडले समेत शिरउठाएर हेर्नुपर्ने आशिषै लागोस्
गर्वले भन्नसकौँ यिनै त हुन् हाम्रा जीवनका निसानीहरू ।

                   **

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस