मुख्य पृष्ठ » कविता » बाँच्नु त्यत्ति भए पुग्थ्यो !

बाँच्नु त्यत्ति भए पुग्थ्यो !

bool(false)

ऐले जीवन को यौटा एस्तो संघार मा छु म
कता जाउँ गरुँ के के मँ आँफै भन्न सक्दिन
जता हेरयो उतै बाधा, उतै दुख्ख र दर्द छन्
सबै काम अधूरा छन्, सपना झन् विचित्र छन्

समस्या घर को चर्को एकातर्फ चियाउँछ
शिक्षा को एउटा क्षेत्र अर्कातर्फ हियाउँछ
लेख्ने आसक्ति जन्मन्छ मनै भित्र बिलाउँछ
जता बढ्न कस्यो सूर पैतला ले ढिलाउँछ

कति प्यारा थिए मेरा आफन्ती बन्धुबान्धव
सबै बाट मीठो मायाँ पाए झैँ लाग्दथ्यो तर
कतिका मन मा रैछ लोभी औ रकमी पन
जति बुझ्दै गयो तेत्ति दिक्क मान्दै गयो मन

जति जान्दै गयो उत्ति जान्न बाँकी छ झैँ भयो
जति बुझ्दै गयो मान्छे उति पापी छ झैँ भयो
जस्लाई ठान्दथें आफ्ना पराई हुन् कि झैँ भए
खुशी का कल्पना मेरा मृगतृष्णा बनिरहे !

राम्रै गर्छु भनिराछु गरिराछु निरन्तर
“कर्मण्येवाधिकारस्ते” मेरा मन्त्र बने तर
देखाउन सक्या छैन राम्रा कामहरु कतै
गर्दा गर्दै पनि भा’छ लथालिङ्ङ जताततै

रिसाउँछन् सबै आफ्ना जति मायाँ गरे पनि
देवता नि खुशी छैनन् जति पाउ परे पनि
झुटो बन्नु परिरा’छ जति साँचो गरे पनि
सानो बन्नु परिरा’छ जति माथी चढे पनि

उन्मुक्त सँग हाँसिन्थ्यो ती मेरा दिन गैसके
खुशी का पल यी खाली सतही मात्र भैसके
निश्चिन्त सँग बाँचेको जिन्दगी बाल्यकाल को
जता खोजे पनि छैन कठै ऐले कता गयो रु

बाबा को हात पक्रेर हिंडिन्थ्यो क्या मजा सित
हाँसिन्थ्यो अनि खेलिन्थ्यो थियो राम्रो सबै सित
सम्झेर थक्थकी लाग्छ, बाल्यकाल मनोहर
बाँच्नु तेत्ति भए पुग्थ्यो व्यर्थै आएँ एति पर !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस