मुख्य पृष्ठ » कविता » ठूली र सपना

ठूली र सपना

bool(false)

ठूलीका आँखामा लेखिएका
चेतनाका अक्षरहरु प्रश्न उब्जाउँछन्,
सपना जिन्दगी देख्छ
या जिन्दगी सपना लेख्छ ?


जमिन फाट्नु
झुण्डिएर शून्य आकाशमा त्यहिं विलाउनु ।
नफुलेको ७१औं बसन्त
निरन्तर सपनाको क्रमभंगता
फेदीमा बगिरहन्छ
विपनाको एक छरुवा
तल तल खसेर आँशुको पहिरो
दौडिरहज्छ पाखण्डी आकाश
छायाँ जस्तो निःसन्देह प्रतिरुप

आफैमा सपना जस्तो छ

झुपडिको सम्पन्नता
महलको दरिद्रता
गोवरले पोतेको भुइँमा निदाएर
ओइलिएको पवित्र छोरीको
उहिल्यै वैंशमा तान बुन्दा
ढाकाका बुट्टाभरि रंग रित्याएर
झुण्डिरहेको तस्वीरको श्यामश्वेत सपना ।

हुरी चल्यो बैंशभरी
बाँकी रात निदाएरै हिँडिसक्यो
छरुवा किनार फाँटभरी पँहेलिए
कत्ति जोवन घरवारीको कोदोसँगै पाकिसक्यो
दौंतरीको पुरानो तस्वीर,
पच्चिस सालको भीषण पहिरो,
साँइला भाइको ताजा अनुहार,
गुमनाम टोलको झल्झली सपना ।



पुर्खाको विर्तामा
वेचिएको उर्वर सपना
कइदलेमा दुखेको मनको फाँट
विपना जस्तै
यहि जुनीमा ठूलीले देखको अजंग सपना ।
गुलावी गालामा
विपनाकी वैंशालु ठूली
सिरानीमा अम्लारीको माला निदाएर देखेको
सपनामा
न त लहनाको साइत थियो,
न त अम्लारीको फूल थियो
सपना विपना जस्तो
विपना सपना जस्तो
साँझ विहान
ठूली अचेल
आफ्नो जिन्दगी छानेर सपना पिउँछिन्
जिवनको आफ्नै विकल्पमा ठूली
सपनाको अर्कौ अर्थमा ठूली ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस