तिमी जानु अगाडि र आउनु अगाडि !
म सोचिरहन्थेँ कसैलाई बोलाउनु अगाडि !
यी रातहरू पनि यती अन्धकार थिएनन्
बिजुलीका पोलहरू ठडाउनु अगाडि !
तस्विरहरू हेरी मनमनै सपना सजाउँछु
तिम्रो यादले एकोहोरो सताउनु अगाडि !
यो सरकारका जस्तै छन् तिम्रा कुरा पनि
खबर पठाउँछौ खर्च पठाउनु अगाडि !
हे परदेशी सम्झना छ की बिर्सी सक्यौ ?
के भनेथ्यौ यो हात समाउनु अगाडि !