मुख्य पृष्ठ » कविता » उमेरले मागेको हिसाब

उमेरले मागेको हिसाब

bool(false)

मेरो आधा उमेर
मसित प्रश्न गर्छ
जीवनको हिसाब कस्तो छ र ?
धेरै केरमेट छ कि,
कतै कतै सफा पनि छ ?

म बगैँचामा
कति फलेँ, कति सकेँ
वा कति ओइलिएँ
त्यो बेहिसाब छ !
कति अभिमान भयो
कतिपटक झुकेँ
कति धपेढी दगुरेँ म
कति लक्ष्य पुगेँ ?

कति खोला बगेँ म ?
कति गति रोकिएँ
कति सूर्य उदाएँ
कति बादल लुकेँ
कति सफलता चुमेँ र,
कति असफलतामा गुमेँ ?

यो कुनै कम्प्युटरमा डाउनलोड हुँदैन
मेरो मुटुको अनुभव इ—मेल हुँदैन
त्यसैले मेरो उमेर
मलाई क्षमा गर
मसँग तिम्रो प्रश्नको जवाफ छैन
चारैतिर अँध्यारो छ
कतै उज्यालो छैन
चाहना अनन्त छ ।

आगमनको कुनै पदचाप छैन
आधा उमेरले सिकाएको भाषा छ
त्यस अन्तर्गत
मेरो यही अभिलाषा छ
भोलि मान्छेहरुले भन्ने छन्
नश्वर थियो
क्षणमा विलीन भयो ।

यी भन्दा फरक मेरा आशा छ
यसरी सम्झनु मलाई
मानिस थियो
कर्मको बाटो हिँड्यो
मानिस भएर सास फेर्यो
मानिस भएरै माटो बन्यो !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस