मुख्य पृष्ठ » गीत » देशको गीत

देशको गीत

मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस्
म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्

मेरो देशको वरिपरि शुभ ग्रह घुमिरहुन्
यो माटोलाई घरिघरि प्रगतिले चुमिरहुन्
मेरो गति रोकिए नि कोशी कतै गइरहोस्
म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्

मेरो देशको सिमानामा दैव पाले बसिरहुन्
जुनेली र किरणहरू यै माटोमा खसिरहुन
जति मर्का परे पनि यो मुटुले सहिरहोस्
म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस् !

मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस्
म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्

पाठकको प्रतिक्रिया
अन्य गीतहरू