मुख्य पृष्ठ » गीत » देशको गीत

देशको गीत

bool(false)

मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस्
म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्

मेरो देशको वरिपरि शुभ ग्रह घुमिरहुन्
यो माटोलाई घरिघरि प्रगतिले चुमिरहुन्
मेरो गति रोकिए नि कोशी कतै गइरहोस्
म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्

मेरो देशको सिमानामा दैव पाले बसिरहुन्
जुनेली र किरणहरू यै माटोमा खसिरहुन
जति मर्का परे पनि यो मुटुले सहिरहोस्
म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस् !

मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस्
म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस