मुख्य पृष्ठ » नियात्रा » क्रिसमसमा पोखरा र म

क्रिसमसमा पोखरा र म

सलोजा
नाम : सलोजा
ईमेल : salojasky@gmail.com
फ़ोन : 9851056108
  सलोजाका रचनाहरू

म पानी बन्न सकिन । हिमाल र पहाडको आकृति उतार्दै निश्छल बग्न सकिन । भाडाको रङ्ग र आकृतिलाइ पछ्याउदै अरुले खनेको
खाल्डोमा जम्न सक्दिन । आफ्नै पइला मेट्दै हिड्न सक्दिन । हरेक रङ्गको भाडोमा मिलेर आकृति बदल्न सकिन । म पानी बन्न सकिन त्यसैले त तिम्रो चाहनाको संसारमा रम्न सकिन । फेवातालको बीचमा छु । बीचबाट मैले देख्ने पहाड र हिमालको दृश्य, तिमीले सोचेको भन्दा उत्कृष्ट हुनुपर्छ । तिमीले पढ्ने पुस्तक र हेर्ने तस्विरले यो सुन्दरतालाई पूर्ण कैद गर्न सक्दैन होला । पातले छाँगोबाट पानीको बाफसंगै उडेको हावा हिमालको काख हुदै टुप्पोमा स्पर्श गरेर बजार डुल्न आइपुग्छ । शब्दमा बुनिएको सुन्दरतामा नै आनन्द प्राप्तगर्नेहरुका लागि यो स्वर्गीय आनन्द भन्दा कम हामी चढेको डुङ्गा चलाउदै गरेको किशोर गीत गाउनमा मस्त छ
परिश्रम गरेर नथाक्ने हात चलाए पनि, मनको रहर र सपना आँखासम्म ल्याउदै त्यही आँखाले फेवातालमा देखिएको अन्नपूर्णको छाँया हेर्छ र प्रेमगीत गाँउछ ।
टाउकोमा हिमाल बोकेर आनन्द बसेको पोखरा, त्यही हिमाललाई स्पर्श गर्दै आएको चिसो तर प्रिय हावाले मेरो गालामा भर्खरै चुमेर सहर पसेको छ । मध्यदिनको घाम पनि फेवाको बीचमा सयर गर्न हतार गर्दै आयो । यो घामले तिम्रो सन्देश बोकेको हुनुपर्छ । तर हाँसी मात्र रह्यो । घाम रमाउदै गर्दा पानी स्वर्णिम चम्कियो । तालमा ढलपल—ढलपल पानीको जवानी छचल्कियो । हामी चढेको डुङ्गापनि हल्लियो । एकनासले त्यही सुनौलो पानी हेर्दै थिएँ । चुपचाप मुस्कुराउँदै फर्कियो घाम । घाम फर्कनासाथ माझीदाइले फेवातालमा जाल विछ्याउन थाले । भोलीको छाक टार्नु छ, छोराछोरीको जाडो ढाक्नु छ । आफ्नै कालीको लागि भर्खरै बजारमा आएको नयाँ स्टाइलको टिसर्ट र पेन्ट खरिद गर्नु छ । नीलो रङ्गको डुङ्गा खियाउदै आएका माझीदाइ हाम्रो नजिकैबाट सपनाले भरिएका आँखा लिएर फर्किए । तिमीले महसुस गर्न सक्छ्यौ ती आँखाहरु । तिम्रो देशका सपनाले भरिएका आँखा भन्दा कम छैनन । छिमेकीलाई नदुख्नेगरि अन्नपूर्णको छाँयामा चम्किला देखिएका सपनाहरु ।

क्रिसमसको साँझ ! लेकसाइडमा ताराहरु चम्किएका छन् । पारी क्षीतिजबाट जून उज्यालो बाल्दै छ । संसार बुझ्न घर छोडेर निस्किएको एक जोडी, चोकमा छुट्टै संसार सजाउन मस्त छन् । आफ्नै सुरमा छन, लेकसाइडका होटल, चोटा र कोठाहरु । आफ्नै संसारमा मस्त जोडीहरुलाई देख्दा अन्नपूर्ण र माछापुच्छे« पनि
लोभिएको हुनुपर्छ । मधुरो प्रकाश -

एक हुल बर्दीधारी सुरक्षाकर्मीहरु, मेरो नजिकैबाट अघि बढेँ ।
रोक्दा रोक्दै निस्किए झै एउटा बोल्यो, मुर्गी एक्लै रहिछ ।
त्यसमध्यका केही हाँस्न थाले ।
कमाण्डर कड्कियो ।
को बोलेको हो ? फेरि शान्त भयो समय ।
उनीहरु अघि बढे ।

मेरो लागि नयाँ अनुभव थियो, पोखरामा क्रिसमसको साँझ । झपक्कै सिंगारिएको लेकसाइड, मधुरो प्रकाशमा उत्तेजित झै अर्को एकजोडी मेरै अगाडी आएर बस्यो । केटाको खुट्टाले जमीनमा राम्ररी टेक्न सकेको थिएन । केटीको कपाल मुसादै भन्यो, ‘जिन्दगी ज्यूँने हो सानु । खुसीहरु साट्दै ज्यूनुपर्छ, मरेर लानु के छ र ? ’ ऊ हाँस्यो । केटाको शरीरमा लिपिक्कै टाँसिएकी केटी लरबरिएको स्वरमा बोली ‘ज्यूने हो, आज तैले पनि जिइस् मैले पनि जिएँ । जिन्दगीको स्वाद लिदै ज्यूँनुपर्छ काले ।’ दुवैजना मज्जाले हाँसे । भीडभाड पोखरामा एक्लै थिएँ म । एक्लोपनाको महसुस भनेभएन । उनीहरुको जस्तो जिन्दगीको मज्जा पनि थिएन । तर नयाँ अनुभव संगाल्दै कोठातिर लागेँ । जवानी बढेको पोखराको बैसालु मन फक्रिएको छ । तिमीले धेरैअघि आफ्नै जवानीको महत्व नबुझ्ने भन्दै गाली गरेकी थियौ । हो म जस्तै पोखराले पनि आफ्नो बैश बढे को भेउ पाएको छैन । नत्र किन हाँसीरहन्थ्यो जोडी विनाको पो तिमी परिवारका साथ क्रिसमसको मज्जा लिइरहेकी छौ । तिम्रो प्रेमीभन्दा पनि प्रिय बनेको छ स्वदेशमा मनाउने क्रिसमस । म एक्लै होटलमा फर्किएँ । गेट नजिकैको बगैचामा एक जोडी अर्को संसार बनाउदै रहेछन्, त्यही संसारको दर्शक बनेको थियो होटलको गेटबाट भित्र छिर्दै गर्दा गार्डलार्ई सोधेँ ।

‘तपाइको घर कहाँ हो ?’
‘गाँउतिर पर्छ हजुर ।’
‘आज क्रिसमस मनाउनु भएन ?’
‘मनाईरहेकै छु नी ?’ त्यही जोडी तर्फ फर्किएर बो

उदास आँखाले मलाई हेरेर औपचारिकता निर्वाह गर्दै फिस्स हाँस्यो । ओठबाट बनावटी मुस्कान हट्नुअघिनै उसको अनुहार केही मलिन देखियो । म प्रतिक्रिया विहिन । कोठातिर लागेँ । पोखराको काखमा पहिलो क्रिसमस ! तिमीले भनेजस्तै म रहर बेगरकी मान्छे । मेरो चाहना क्रिसमस मनाउनु थिएन । मलाई यो संसारमा रमाउनेहरुको आँखा पढ्नु थियो । त्यसैले विहानको घाम फेवातालमा झर्नु अघि म सहर छिरेँ । एक्लै गल्ली—गल्ली हुदै खुल्ला चौरमा पुगेर बसेँ । चौरमा एक समूह शब्दसागरबाट प्रभावकारी शब्दहरु निकालेर गफिदै रहेछन् । मेरो लागि पूरा परिचित हुन नसकेको पोखरामा भरिभराउ थिए सबै आ—आफ्नै सुरमा । समूहको एक जनाले भूइँमा हेर्दै बोल्यो । ‘जोसंग जुन कला छ त्यसैलाई प्रदर्शन गर्ने त हो नी ?’ ऊ झन अपरिचित थियो । केलाई इङ्कित गरिरहेको थियो ? बोलेको प्रसंग त मैले बुझिन तर उसको कुरा सत्य लाग्यो । एक्ली म त्यही समूहतिर सर्दै थिएँ । मैले उसको कुरामा सही थाप्नु अगाडीनै उठेर हिडिसकेको रहेछ । केहीबेरपछि म पनि उठेर हिडेँ । साँझमा सजिएको पोखरा, घाम उदाएसंगै फेरिएको थियो । बजार हुदै फेवातालसम्म आएँ । हिजोको किशोरलाई देखिन । तर ती माझीदाइ, एक जोडीलाई डुङ्गामा राखेर घुमाउन हिडे । हिजो बेलुका आफ्नै संसारमा रमाइरहेको माछालाई जालमा पारेर सुखद जिन्दगीको कल्पना गर्ने माझीदाइ भर्खरै बिहे गरेर आफ्नो सुनौलो भविश्यको कल्पना गर्ने जोडीलाई मन्दिर घुमाउन थाले । उनको आँखा उतिकै रहरले भरिएका थिए । त्यहाँबाट फर्किएर पुनः बजारकै बाटो हुदै आफै बसेको हो
टलसम्म आइपुगेँ । यो साँझ पोखरा छोड्नु छ । तिम्रो रहरको चाड, क्रिसमस मनाउन आएकाहरु धेरैले पोखरा छोडे । रहर र सपनाको आश्रयस्थल बनेको पोखरालाई एकसाँझ तताएर बषौर्देखि एक्लै बनाईएको छ । माछापुच्छे« फेवातालसम्म आउँछ र फर्किन्छ । सेतीनदी आफ्नो बाटोमा बग्छ । पोखराको काखमा बसेर धेरैले सपना देखे, सपना पूरा गरे । काखमा बसेर रमाउनेहरुसंग पोखरा कति रमायो त ? कसैले बुझ्यो कि ? तर मैले बुझिन । सरङकोटको डाँडाबाट प्याराग्लार्ईडिड गर्नेहरुको भीडमा तिम्रो प्रेमीले आकास हेर्दै टोलाएको याद आयो । म एक्लै, नेपाल घुम्न आएको तिम्रो प्रेमी एक्लै, मेरो लागि विरानो देशमा तिमी एक्लै र भीडभाड जम्मा भएर रमाउनेहरुको बीचमा पोखरा एक्लै । लेखनाथ आइपुगेपछि एकपटक पोखरालाई फर्किएर हेरेँ, निराश भएर पोखराले हात हल्लाउदै भन्यो, अर्को सालको क्रिसमसमा म
जस्तै एक्लै नहुनु है । पोखराले हात हल्लाउदै थियो, अन्नपूर्ण उतिकै मुस्कुराइरह्यो ।

salojasky@gmail.com

पाठकको प्रतिक्रिया
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस