मुख्य पृष्ठ » कविता » प्रेम शास्त्र

प्रेम शास्त्र

bool(false)

भरिएको हावाको चिसो रेलले
मेरो यौवनलाई काउकुती लगाउदै भन्यो-
अर्को खाली रेल आउदै छ टिकेट काटेर बस्नु !


पातको भित्तोमा आड लगाउदै बसेका
जोडी युवा-फूलहरूले  शीतको चुम्बन पिएर
खुशीको जून देखाउदै भने –
आँखाको कठघरामा
कहिल्यै काँडाको डाडा नबन्नु !


टेलिफोनको एन्सरिंङ मेसिनजस्तै  
बटुवाको गन्तव्य बताउन बसेको
बृद्ध-रोड मानचित्र हेर्दै
मनको गुम्बा भित्र मैले सम्झनाको माने घुमाउन थाले-
यो मेरो घरदेश होइन !
कुनै कलाकारले अन्तिम रुप दिन बिर्सिएको
क्यानभासको अमूर्त मुहारचित्र
सडकको पेटीमा चिसोको च्यादर ओढेर
कसैको हस्तरेखा हेरेर भविष्य बताउदै छ !
 
आफुलाई आफ्नो भाग्य विधाता ठान्ने
दोश्रो विश्वयुद्धको बूढो सिपाही
काटिएको एउटा खुट्टा बोकेर सूदुरमा बिश्राम लिन पुग्छ –
छातीभरिएको पुरुषार्थको तक्माले किन जोड्न सकेन मेरो खुट्टा?


पहेलिएका एक बथान चेरिका पातहरू
आफन्त गुमाएर शोकधूनको पछिलाग्दै
कुनै गिर्जाघरतिर उन्मूख शवयात्रामा सरिक छन् !
आफ्नै समर्थनका कारण विजयी भएका
खेलाडीको विजयोत्सवमा सरिक खेल प्रेमीसंगै
यो साँझ केवल तिम्रो नाममा समर्पित गरे मैले-
देश छोड्नु अघिल्लो साँझ शुभचिन्तकले दिएको
मायाको रुमालमा पोको पारेर राखेको
तारा सपनाहरूसंग साट्दै देशको माया
कहाँ गन्न सकिदो रहेछ र
एक जुनीमा नौ लाख ताराहरू?
 

बोस्टन अमेरिका १०/१२ /१३

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस