मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » साताको साहित्य पुरस्कार — २०१३ (प्रेस बिज्ञप्ति)

साताको साहित्य पुरस्कार — २०१३ (प्रेस बिज्ञप्ति)

bool(false)

साताको साहित्य पुरस्कार — २०१३
(प्रेस बिज्ञप्ति)


१० सेप्टेम्वर,२०१३



यस बर्षको साताको साहित्य पुरस्कार लेखक रमेश सायनको कविता, नाम धनिमाया थारु—बर्ष चौरासी लाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य डट कम मा अगष्ट २०१२ देखि जुलाई २०१३ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र साताको साहित्यको निर्णयको आधारमा तीन उत्कृष्ट रचनाहरू गत हप्ता सार्वजनिक गरिएका थिए, जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा ईश्वरमणि अधिकारीको कविता इच्छापत्र र सौरभ कार्कीको कविता, हजार प्रश्नको साझा कविता—अंगेरिको पातमा बेरिएको जीवन ले सर्वाधिक पाठक प्रतिक्रिया पाएका थिए । तत्पश्चात चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट पनि सर्बोत्कृष्ट रचनाको रुपमा रमेश सायनको रचनालाई सर्वसम्मत चयन गरेको थिया । निर्णायक मण्डलमा कवि महेन्द्र पौडेल, ऋषि आचार्य (सम्पादक—नेपाली पत्र अष्ट्रेलिया), सुजित सिग्देल (सम्पादक—नेपाली टाइम्स अष्ट्रेलिया) र निष्प्रभ सजी (सम्पादक—साताको साहित्य) रहेका थिए । लेखक सायनलाई साताको साहित्यको तर्फबाट बधाई तथा शुभकामना । यस पुरस्कार आउँदो अक्टोवर महिनामा काठमाडौँमा एक समारोहका बीच प्रदान गरिने छ। लेखकले पुरस्कार स्वरुप नगद रु बीसहजार र ताम्र पत्र प्राप्त गर्नेछन् । गतबर्ष यो पुरस्कार साहित्यकार रविन्द्र समीरले प्राप्त गरेका थिए ।

  निष्प्रभ सजी
   सम्पादक
साताको साहित्य डट कम

पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस