मुख्य पृष्ठ » कविता » एउटा प्रश्न

एउटा प्रश्न

bool(false)

आमाहरुले जस्तै
कष्टहरु सहन सिक्नु छ
'चुनौती' हरुको बिरुद्धमा   
'चुनौती' उभिन सिक्नु छ
अझै सिक्नु छ-
कसरी उमार्छन स-साना खुशीहरू
माटोमा आशा रोपेर
फर्किरहेका खेतालाहरुसँग !

वीरहरुको शीर जस्तै
कहिल्यै नझुक्ने हिमालहरुसँग
गुराँश फुल्ने रंगीन पहाडहरुसँग
तराइका समथर फाँटहरुसँग
माटोका मीत किसानहरुसँग
देश छोडेर कतै नजाने ढुंगा र माटोसँग
सिक्नु छ - देशलाई माया गर्ने तरिका !
 
छोडेर बैरभाव गर्नु छ मेलमिलाप
देख्नुछ बैभवका साझा सपनाहरू
फुकेर चेतनाको बिगुल
जगाउनु छ गाउँ शहर र बस्तीहरुलाई
बाल्नु छ ज्ञानको दियो
हर मन-मस्तिष्कमा
अनि फैलाउनु छ
संसारमा बुद्धको शान्ति !

बजाउनु छ आफ्नै लोकधुनहरू
एउटै लयमा गाउनु छ एकताको गीतहरु ।
मुस्कान छर्दै कलेटी ओंठहरूमा
बाँड्नु छ भाईचारा र मानवताको न्यानोपन
जसरी बाँड्छन् सबैलाई
समान सदभाव चौताराहरुले
जसरी बाँड्छ हावाले
बराबरी जीवन मानिसहरुलाई  !

अब सोध्नुछ  
पानीसंग उसको - रंग   
घामसंग उसको - देश
हावासँग उसको - जात
आकाससँग उसको - राष्ट्रियता
र सोध्नु छ -
धर्मको नाममा विभाजित ईश्वरहरु सँग
कसले छुट्यायो मानिसहरुलाई?  
रंग,
जात

सिमानाहरुमा !

***

धादिंग, नेपाल
हाल: बहराइन

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस