गजल

bool(false)

पक्कै केही न केही गुमाएर निस्किएको छ
कि त उसले यथार्थ लुकाएर निस्किएको छ



हिजोसम्म त घर सजाउँछु भन्दै थियो रे
आज आफ्नै त्यो घर जलाएर निस्किएको छ



सायद हतियारले धोका दिएको हुनुपर्छ
नत्र किन ? कलम समाएर निस्किएको छ



लाग्छ ऊ पनि अब कहिल्यै निदाउने छैन
सुतेकाहरुको चिहान बनाएर निस्किएको छ

 

पक्कै केही न केही गुमाएर निस्किएको छ
कि त उसले यथार्थ लुकाएर निस्किएको छ


कोहलपुर, बाँके

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस