बाकस

bool(false)

बेलायतको बारुदको धुवाँले बनेको बाकस
बाकस
दुवईमा मेसीनले चुसेपछीको बाकस
बाकस
साउँदीमा भेडा चराएपछीको बाकस
यस्तै बाकस
कत्ती भित्रन्छन् होला मेरो देशमा ?
यो विमानस्थलमा
कत्ती बाकस ओर्लन्छन् होला दिनहु ?
जरुर म कमसेकम
एउटा बाकसको कथा भन्न सक्छु
जुन बाकस
कतारको मरभुमिमा रगत सिंचाई गर्छु,
र स्वदेश खुशीको बाकस पठाउछु भन्ने
उटा ईमान्दार नेपालीको बाकस हो !
 
बुढा बा हरु सोच्दाहुन् , बाकसभरी खेत फिर्ता आउछ
बुढी आमा हरु सोच्दाहुन् , बाकसभरी ढुङ्ग्री र बुलाकी फिर्ता आउछ
श्रीमतीहरु हरु सोच्दाहुन् , बाकसभरी तिज आउछ
छोरा,छोरी हरु सोच्दाहुन् , बाकसभरी दशै आउछ ,ललीपप पनि आउछ
तर आउनत आउछ
बाकस
सुकेको लाश बोकेर आउछ
 
बाकस छोप्ने हात नियाल्छु
कतै देखे जस्तो ,
औलामा पित्तलको औंठी
चिनजानको जस्तै लाग्छ
फन्फन्ती घुमेर सुदुर दृष्य
भेट्याउछु
एउटा धमीलो साझँ
जुन साझँ
नव विबाहित जोडी
विमानस्थलको चौघेरा भित्र थिए
साईली औलाको पित्तलको औँठी देखाउँदै
सुन्दरीले पतीलाई ढोगे पश्चात भनेकी थिईन्
" राजा ! यो तिज अघिनै
सुनको औँठी लगाउने धोका छ "

 

दगातुन्डाडाँ-७,खर्बाङ्ग , बाग्लुङ्ग्

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस