मुख्य पृष्ठ » कविता » घोडा दौड

घोडा दौड

bool(false)

सडकमाझ नग्न उभिएर सुस्केरा छोडे“ भने
ब्यू“झनेछ इतिहासको चौघेरामुनि निदाएको बूढो पाले   
तर्सिएर उड्नेछन मलाई डर देखाउने बाजहरु
थर्किएर लड्नेछन् आकाशतिर बढ्दै गरेका टावरहरू ।

घोडेजात्राको दिन टु“डिखेलका घोडा छा“टेर
जानुछ महाराजाका ढोकासम्म
देखाउनुछ लट्टा परेको कपालको चुल्ठो  
सुनाउनुछ बर्जित शब्दहरु एकएक गरी,
हेर्नुछ बादलका गुजुल्टाहरु पन्छाएर
यो आकाशको कुन कुनाबाट कसले झार्दोरहेछ चट्याङ ।

म नाङ्गो अवतार ।
भगवानको नग्न तस्विर
छातीमा टा“सेर धर्म नमान्न सक्छु
सक्तिन“, धर्मले डढाएका मेरा औला काटेर  
ममाथि लेखिएको इतिहासलाई ढोग्न ।

दाया“ खुट्टो कानुनको कुममा
बा“या इश्वरको कुममा राखेर जानुछ
इतिहास सजाइएको संग्रहालयमा
जसको ढोकैमा झुण्डिएको तस्विरमा
केरमेट हु“दै बुढीएकोे मेरैजस्तो अनुहार कसको हो ?
थाहा पाउनुछ, किन ढोग्छन मान्छेहरु यो तस्विरलाई ।

बौलाहाजस्तै देखिने श्रीपेच महाराजलाई हटाएर
टु“डिखेलका घोडामा बसी पार गर्नुछ भद्रकाली
फूलपातीको दिन घुम्नुछ उपत्यकादेखि गोरखादरबारसम्म
बगी जाने मस्र्याङ्दीलाई सोध्नु छ
‘ए मस्र्याङ्दी † फूलसा“घु तार्दा
तिम्रो गर्भासयमा कसकसले केके बगाए ?’

यिनै घोडामा चढेर चोभारको गल्छेडोसम्म पुगी हेर्नुछ
कसकसका अनुहार बगाइ ल्याएको छ यो पानीले ।

स्वयंभुको टुप्पोमा उभिएर सोध्दैछु,
‘ए मञ्जुश्री † कहा“ छ चोभार काट्ने तिम्रो तरबार ?’

आज मलाई चाहिएको छ शक्तिशाली हतियार ।

हतियार खोज्दै हि“डेको म
नाङ्गा मूर्ति अगाडि आइपुगेको छु
यहिबेला चक्रपथमा देखाइदिनुछ
नाङ्गो परिक्रमा, नाङ्गो उत्सब

यो नाङ्गोपन हेरेर आ“खा नछोपुन्
बाटो हि“ड्नेले, जूनतारा भरिएको आकाशले
दरबार र मूर्तिहरूले, अदालत र न्यायालयले
मन्दिर, गुम्बा, माने र मष्जिदले, जेल र विष्णुमतिका गिद्धले ।

यी घोडामा चढेर फेरि पुग्नुछ, महारानी र राजकुमारी
पस्ने र निस्कने ढोकामा कु“दिएको नागराजाको चित्र हेर्न ।

जान्नुछ, यी ढोकामा लाउने आग्लो कस्तो थियो ?
गोल्चे र खरमस कसले बनाएको थियो ?
यी सा“घुरा ढोकामाथि झुण्डिएको चम्मरको केस कसको हो ?

बेइतिहास, बेमान्छे बनेका, ए † सुत्केरी महारानीहरु हो
आओ कुमारीजात्राको दिन टु“डिखेलमा लहरै उभिएर हेरौ“
केके लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्वस्त्र शरीरमा ।

आओ धरहरामाथि लहरै उभिएर नापौ“ मान्छेको उचाइ
नारायणहीटिको पर्खालवरिपरि घुमेर हेरौ“ मान्छेको नग्नता ।

आर्यघाटको किनारामा खोजौ“
सतीहरुलाई हिर्काएका ढुंगाहरु कुनकुन हुन ?
पशुपतिमा नाङ्गा पार्वती उतारेर हेरौ“
सती बनाउ“दा ककसका जिउ“दा शरीर
नङ्ग्याएर पोलिएका थिए चितामा ।

शिवरात्रीको दिन भाङले मातेर वनकालीमा कराइरहेका छन मेरा दौतरीहरु
“फलोफूलो कह, ए भस्मदेव † केके देखेका छौ इतिहासदेखि आजसम्म ?”

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस