मुख्य पृष्ठ » कविता » नाम धनिमाया थारु — वर्ष चौरासी

नाम धनिमाया थारु — वर्ष चौरासी

bool(false)

म धनिमाया थारु

आगनमा चलिरहे छ मेरै चौरासी पुजा

अव एकै छिनमा म मानुख्य बाट देउता हुन्छु ।

देउतालाइ सुहाउँछ  सुहाउँदैन

मेरो पाखुरामा पुरानो ट्याटुको दाग

पुराना गोनिया ,लेहंगा, घुरघुट

 

देउताले मान्छन् मान्दैन्

पैचुरी लगाएर नाच्न

सुहाउँछ सुहाउँदैन

मेरो अनुहारमा देउता बस्न ।

 

देउतालाइ मनपर्छ पर्दैन

पहिलो पल्ट साहूको खल्यानमा बिटुलिएको बैँस

घाम हिँड्न नसकने अनुहारको खोल्खा

स्वयंम म नअटाउने जिन्दगीको फ्रेम ।

 

देउताले देख्छन देख्दैनन्

छातिमा दुख्छको भिर

अध्यारो लिपिएको आँखाको भित्ता

अक्षरले नभेटेको मगज

आफ्नै पसिनाले बिझेको माटोको गन्ध ।

 

देवताले भेट्छन भेट्दैन

मालिकको धान खेतमा पुरिएको पैतलाको चक्र

खडेरीमा खसेको उमेरको चैटा ।

म देउता भएसी 

 

माघी पर्वमा आउँछन् आउँदैन्

मलाइ कम्लरी लिन —मालिक

म देउता —मालिकलाइ मन पर्छ पर्दैन

बा राख्छन् मालिकको देउताले म देउतालाई छुट्टै कम्लरी

 

बा हुन्छु म देउताहरुको देउता कम्लरी ।

 

कावासोती, नवलपरासी

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस