मुख्य पृष्ठ » कविता » स्तव्ध छु म

स्तव्ध छु म

bool(false)

स्तव्ध छु म
तिमी नआउने खवरले ।

बर्षौबर्ष प्रतीक्षाले ठडिएका
पहाडहरुमाथी उक्लिएर हेर्दैथिएँ
तिम्रा बाटाहरु ;
वाचा पूरा गर्ने
रहरका उपहारहरु लिएर आउंछौ भन्ने थियो
गोरेटोमा धेरै पाइलाहरु टेकिए
तर तिमी देखिएनौ ।


सल्लेरीका एकोहोरो सिरेटोसँग
खवर मात्र आइरह्यो –
तिमी आउंदैनौ यसपालि पनि !
जगै हल्लिन लागेको पहाडमाथी स्तब्ध छु म
तिमी नआउने खवरले ।

आज कान्ति देख्दिन जुनमा
अँध्यारो ओढेर निदाएको बस्ती
मेरै सपना निलेजस्तो लाग्छ
धाराहरुमा बाढी उर्लिएको छ
र पोथराहरु चुटिएका छन
गह्रुङ्गा पाइलाहरु लतारेर
झर्छु फेदीतिर
आँधीजस्तै आउंछ कि ? खवरै नगरी ?
यस्तै झूठो आशा जोडेर
खोज्छु सपनाका अधिकारहरु ।

सवेरै यो उज्यालो, यो उमङ्ग
हजारौं जवानी फक्राएर  हाँसेका फूलहरु
यी सवैबाट टाढिएर देख्छु
त्यही डढेलो लागेको प्रतीक्षाको पहाड
र, ठोक्किइरहन्छ  कानमा बारम्बार
तिमी नआउने खवर !

शंकै शंकाको सिंढी चढेर उक्लन्छु फेरि त्यही प्रतीक्षाको पहाड
र, रित्तो आकाश हेरेर
फेरि स्तब्ध हुन्छु म
तिमी नआउने खवरले ।।

 

बागलुङ हाल ओस्टण्डे बेल्जियम

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस