माकादुम

bool(false)

त्यस्तो भीर
मैले पैलोचोटि देखेको हुँ

जहाँ
भीरमै ठडिएका थिए
घरका खाँवा र धुरीहरू

भीरमै जेलिएको थियो
गडयौलाजस्तो बाटो
जो वयेली खेल्दै पुग्दो रहेछ
सदरमुकामसम्म

त्यहाँका मान्छेहरु भन्थे
भीरमै फलेको हो
बोराका बोरा कोदो, मकै र आलु

मैले पैलोचोटि
भीरमा देखेको हुँ
सपनाको हाटबजार
जहाँ बिक्रिमा थियो
ननु, चाउचाउ र बिस्कुट

खुट्टाले पनि
एकैचोटि टेक्दो रहेछ
बतासलाई र बाटोलाई

त्यहाँका मान्छेहरू भन्थे

अचेल बतासले पनि
भीर मन पराउन थालेको छ

मैले पैलोचोटि
भीरमा देखेको हुँ
ईश्वरको बास

त्यहाँका मान्छेहरू भन्थे
गाईवस्तुहरू भीरमै चर्छन्
चराहरू भीरमै आएर परेड खेल्छन्
यहाँका भुरासँग भीर डराउँछ

मैले
पैलोचोटि भीरमा भेटेको हुँ
सुत्केरी छोरीहरू

त्यहाँका मान्छेहरू भन्थे
यहाँका बिरुवाहरू
इमान्दार सिपाहीजस्ता छन्

मैले
पैलोचोटि भीरमा भेटेको हुँ
हरियो घाँसले भरिएको डोको

भीरभन्दा बाहिर त–
अँध्यारो थियो

मैले पैलोचोटि देखेको हुँ

भीरमा नदीलाई

पैलोचोटि भेटेको हुँ
माकादुमलाई
र, मुस्कुराउन जानेका मान्छेहरूलाई

(माकादुम : रामेछापको एउटा सुन्दर गाउँ)

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस