मुख्य पृष्ठ » कविता » छापामार जमुनीसित

छापामार जमुनीसित

bool(false)

जमुनी !
छापामार समाचार
जाँदा नि
आउँदा नि
घुम्यौ मिलको फित्ता
जंगलमा
कन्दरामा
लडाइँमा
क्यान्टोनमेन्टमा
फिरिछौ तिमी जमुनी !
बिघ्नै खुसीले
सिमै मिचेर नाचेको छु ।

बितायौ एकल
कति चाड
कति फागु
कति हाट
कति रात
तिम्रो अनुपस्थितिमा
तिमी भन्नु मसित
तै थियो छुटेको तिम्रो निलो सल
त्यसैमा लट्टिएको मेरो तलतल
सक्कलै फिरिछौ जमुनी !
अघोरै रमेर
सब थोक बिर्सेको छु ।

घाउहरू के गनिसाध्ये !
लडाइँबाजीमा भाग लागेका
केही हाम्रा ज्यानमा
केही तिम्रा चिहानमा
ख्याल पीर लागेन....!
मलाई चोरी—चोरी हेर्ने
तिम्रा कुमारी नजर चाइँ
खसमसँर्ग लडाइँमै
टाँकको बटमझैं खसेछ...!
केही धुकधुकी छँदै
जे होस् फिरिछौ जमुनी !
खुसीले कम्लाएर
झुपुक्क पाउलो पलाएको छु ।

रुपान्तरण..... कष्टकर
जमुनी थियौ
भइछौ कमिसार 'ज्वाला'
छोरीकी एकल आमा
तिम्रा लागि मनको टोड्को
डल्लै सङ्लो !
कुरी राछु घरजमै गर्न
जमुनी !
तिम्रा लागि जोगी हिँडेको र
फेरी लाउँदै आकाश उक्लेको
पर्वतारोही मै त हुँ नि !

(साभार: डन्ट टच मी ओ कविताहरू)

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस