मुख्य पृष्ठ » मुक्तक » पाँच मुक्तकहरू

पाँच मुक्तकहरू

bool(false)

(१)
तिमी हाँस्यौ र आज घाम लाग्यो
मलाई त खुसी पनि धुमधाम लाग्यो
अँध्यारोमा हाँस्दी हौ, मैले देख्दैनथें
आज उज्यालोमा हाँस्यौ र
मेरो सम्पूर्ण जिज्ञासामा पूर्णविराम लाग्यो !

(२)
सुनको साङ्लो लगाउँदा गहना हुन्छ
प्mलामको त्यही साङ्लो हथकडी हुन्छ
साङ्लो त आखिर साङ्लै न हो
नबुझेर पो गडबडी हुन्छ !

(३)
व्याधा मृगिणीलाई प्रेम गर्छु भन्छ
माझी माछीलाई प्रेम गर्छु भन्छ
नेतो पनि जनतालाई प्रेम गर्छु भन्छ
अद्भूत प्रेम छ जताततै देख्नु मात्रै पर्छ !

(४)
नेता, व्यापारी सधैं तपाईको सेवामा तत्पर छन्
प्रहरी, कर्मचारी सबै तपाईकै सेवामा अग्रसर छन्
अलि सतर्क भएर हिड्नु होला
कसले, कतिखेर, कहाँनेर सेवा गर्छन् गर्छन्

(५)
एउटाले भन्यो, मैले कलम समाएको देशै बदल्न हो
अर्काले भन्यो, मैले बन्दुक समाएको पनि देशै बदल्न हो
मैले सोधें —के बदलियो त देश ?
उनीहरूले भने — बदलियो धेरै नेपालीको देश बदलियो
कोही ग्रीनकार्ड बोकेर अमेरिका गए
कोही युरोपियन त कोही अस्ट्रेलियन भए !


पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस