मुख्य पृष्ठ » कविता » ऐना अघिल्तिर उभिएर !

ऐना अघिल्तिर उभिएर !

bool(false)

कमजोर धागोमा उनिएको
दुई चार लुम पोते
सस्तै किन्न सकिने
दुई चिम्टी सिन्दुर
कमसल काँचका चुरा
गाजल , टिका र मेहन्दी
कति बलवान हुन्छ ?
--..-नारीका निम्ती !
कति मूल्यवान हुन्छ ?
.....सृष्टिका निम्ती !


एउटी नव यौबना नारीको
ओंठको तृष्णा
अधरको हाँसो
आँखाको प्यास
हृदयको बेचैनी
आखिर के हुन् यी सब ?
आंचल ?
कि, घुम्टो ?
त्यो उदासी चेहरा
देख्न बाँकी सपना
जून पर्खेको अँधेरी
पानी पर्खेको पंधेरी
तगारो,आँगन र पिंढी
बिछ्यौना ,चुलो र मझेरी
जग्गे हो कि मण्डप ?


न निस्फिक्री हाँस्न पाउनु छ
न निर्धक्क रुन पाउनु छ
सँधैको हतारो ,संधैं चटारो
न काम छ देखिने - न फुर्सद
गए गै हाल्छ आँप नै
आए नि मात्रै झटारो
यो किस्ता-किस्तामा
पसारो परेको जिन्दगि
आखिर के का लागि ?


म सोधी रहेछु प्रश्न
उभिएर ऐना अघिल्तिर
मेरो आफ्नै पुरुषलाई
मेरो आफ्नै ऐनालाई
ओ, मेरो प्रिय पुरुष
के नारीको अर्को नाम पीडा पनि हो ?
किन मौन छौ प्रियतम
केही त बोल !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस