मुख्य पृष्ठ » कविता » चित्रहरू बनाइरहँदा

चित्रहरू बनाइरहँदा

bool(false)

मन्दिर बनायौ तिमीले
बिहानीका
दिनका
साँझका—उसले भन्यो !

मन्दिर बनायौ तिमीले
साना
ठूला
होचा
अग्ला—उसले भन्यो !

मन्दिरको परिसर बनायौ
मन्दिरको पर्यावरण बनायौ
तर भगवान त देखिनुभएन नि—उसले भन्यो !

चित्रहरू बनाइरहँदा
भगवान मेरो पछाडि बसेर
मेरो कामलाई हेरिरहनुभएको थियो !

चित्रहरू बनाइरहँदा
भगवान मेरो पछाडि बसेर
क्यानभासमा हेरिरहनुभएको थियो—मैले भनेँ !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस