मुख्य पृष्ठ » कविता » हार्वर-कावेली

हार्वर-कावेली

bool(false)

यो हार्वर व्रिजको समुद्र,
अनि तमोर-कावेली ।
ओपेराको बोक्रे साख,
मेरो जोमसोम्-काग्वेंनी ।।
कत्ति धेरै भिन्न देख्छु,
कत्ति

यो हार्वर मुनि, कहिल्यै सुसेली
सुनिन मैले
बरू माथि - धेरै माथि
आर्टिफिसियल फट्यांग्राहरू,
कुर्लेको दिनहुँ सुन्छु ।
फट्यांग्राहरू बोलेको हैन,
दगुरेको आवाज ।
दगुरेको हैन,
लस्यांग-फस्यांग गरेको आवाज
दिनहुँ सुन्छु ।।

मेरा हरेक,
'जोमसोम्-काग्वेनी'मा
प्यारा 'तमोर कावेली' छन् ।

हिउँको चिस्यान्,
चिस्यान्'को मिठास
ओठ-मुख सुकाउने प्यास् ।।
मेरै सगरमाथा अनि
कन्चन्जंघा गालेर,
गाउँ-वस्ती परेठ खेल्दै,
किनार-किनार लालिगुराँस,
मखमलि, सयपत्री, चम्पा, चमेली,
लाखौँ-हज्जारौँ फुलाएर,
भमराले भरेको  -भुन्भुनाउँदो,
सुमधुर संगीतमा,
सुसेली हालेर,
पिरती बसालेर,
हरेक छहरा- छाँगाको नाल'बाट,
टुसुक्क भुईँ झरेर,
चार डुबुल्की मारेर,
कलाकार'झैँ, उस्तै कला देखाउन,
सलल बग्दै,
झलल बल्दै,
फेरी अर्को- जोमसोम् छिर्छन ।।

यता
किनार-किनारमा लालीगुराँस फुलेको,
कहिल्यै देखिनं मैले ।
बरू,
आर्टिफिसियल गमलामा आर्टिफिसियल फुलहरू,
लाखौँ- हज्जारौँ फुलेका छन् ।
फुलेका हैनन्,
फुलाईएका छन् ।।,
यहाँ,
फुल्नु र फुलाउनुमा
धेरै भिन्नता पाएँ- मैले,
धेरै ।।

मेरो तमोर-जोमसोममा फुल्दथ्यो,
तर यहाँ फुलाईन्छ ।
मेरो कावेली-काग्वेनीमा झुल्दथ्यो,
तर यहाँ झुलाईन्छ ।।
वेरस'को फुलाई ।।।
लज्जास्पद झुलाई ।।।।

मेरा कावेलीका फुलहरूमा
सप्तरंगी भमराहरू,
नाच्दै- नाच्दै, हाँस्दै- हाँस्दै
हरेक थुगँामा, स्पर्श गर्न
लाडे हुँदै,
गन्-गन् गर्छन् ।
तर,
यहाँ हार्वरका फुलाईहरू,
अनि ओपेराका झुलाईहरू
देखेर पनि नदेखे झैँ,
भमरा त के- चिल पनि
चार कोश परैवाट
पत्तै नदिई,
सुईकिँदा रैछन् ।।

विचरी ओपेरा- तिमीलाई पनि
मेरी काग्वेनी'मै,
फुल्ने लालचा हुँदो हो ।
मेरी कावेली'झैँ, सोह्र वर्षे तरूनी मन,
श्रिंघार्ने रहर कत्ति होला है ??

मायालाग्दा हार्वर, तिमीलाई पनि
फुर्तिलो-तन्नेरी तमोर देखेर
अत्ति डाहा हुँदो हो ।
त्यस्तै लडीबडी गरौँ,
एकै सासमा- चार डुबुल्की मारौँ ।
मेरो जोमसोम गई,
कलाकार भै
किर्ति छर्ने रहर कत्ति होला है ??

बरू-जाउँ न
ए, हार्वर-ओपेरा?
यो काम्-काम्-काम् अनि
कामको वेफुर्सदिलो
आर्टिफिसियल
यो दुनियाँबाट,
दुई दिन भए नि
मेरो जोमसोम्-काग्वेनी हेरौं !
मेरो तमोर-कावेली हेरौं !

 

फुङ्लीङ् २ मेडिबुङ
      ताप्लेजुङ्, नेपाल (हाल: सिड्नी)


पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस