गज़ल


छैनौ तिमी केही छैन  घाम हावा पानी
बल्ल बुझे तिमी रहिछौ मेरो जिन्दगानी

थाहा छैन तिमीलाई तिमी आफै के हौ?
बनेकी छौ तिमी मेरो दुई आखाको नानी

दिएकी छौ सधै भरी मागे भन्दा बढी
मानेको छ हृदयले तिमी माहा दानी

सधै भरी तिम्रो तस्विर राखे मुटु भित्र
यस्तो लाग्यो तिमीनै हौ हृदयकि रानी

कहा पुग्न सक्छ मान्छे प्रेम गन्तब्यमा
चढे प्रेम शिखर, रै'छु सार्है भाग्यमानी !

 

- चितवन 

पाठकको प्रतिक्रिया
अन्य गजलहरू