क्षितिज टेकेर जब
उचाईका खुड्किला चढ्दै थिएँ
बाटाहरु निष्पट्ट देखिए
म शक्तीविहिन ठहरिएँ
अघी बढ्ने साहस थिएन
पछी हट्ने आँट थिएन
र जाकिएँ अन्धकारमा
वाह ! भगवान
कस्तो यात्री बनाईदियौ
बाटो विनाको
गन्तव्य विनाको ।।
बिदाई उल्लेखनिय थियो
खुसी थिए अनुहारहरु
कसैको कसिङ्गर उँडाएथ्यो
हावाले
कसैको मैलो बगाएथ्यो
पानीले
पिलो निचोरिएथ्यो कसैको
त्यही भार सहन नसकेर
सम्भावनाका सपनाहरु सजाएँथ्ये
बल्ल बुझेँ
म नमिठो निद्रामा थिएँ
सिरानी विनाको
बिछ्यौना विनाको ।।
अनुभुतीहरु शून्य हुँदारहेछन्
गलाहरु अवरुद्द
न बाँचेजस्तो
न मरेजस्तो
कहालीलाग्दो अस्तित्व
मेरो
ठीक यतिखेर
कुहिरोको काग भएको छु ।।