मुख्य पृष्ठ » कविता » 'तिर्नु छ मैले'' !

'तिर्नु छ मैले'' !

bool(false)

कहिलेकाहीं
जब दुनियाँ बिर्सेंर
तिम्रालागि
समय र मस्तिष्क बिछ्याउँछु
जब साट्छु बर्तमान
तिम्रा काल्पनिक बिम्बहरुमा
 म बोल्छु, खेल्छु, जिस्कन्छु...
अनि खस्छु आफ्नै आँखाबाट
आफैसँग राख- तिम्रा घृणाहरू  
 
आँफैले महसुस गरेको
बिराट स्वरुप
खुम्चन्छ थोपाहरुमा
जब देख्छु तिमीलाई पनि
भिडहरुमा एक्लै
पग्लन्छु म, जम्दा-जम्दै
पानी भएको छ
जिन्दगी हिजोआज मेरो
तापक्रमको सेरोफेरोमा
बदललिन्छ अस्तित्व
घाम-पानी, पानी- घाम जिन्दगी मेरो
अलिकति फरक हो
तिम्रो भन्दा
तिमी मान्छेकै वरिपरिबाट बदललिन्छौ
के नै पो हो र- भौतिक नाप?
कतिनै पो छ र समग्रमा
ओठ र आँखा बीचको दुरी
सुख र दुखको
 
यदि समय
घाम पनि हो भने
प्रत्येक रात
मरेको छ यो धर्तीमा
म त मर्नकै लागि जन्मेको हुँ
अनि केहि भाबना बगाउदैमा
कसरी म रित्तिन्छु  र?
रित्तिएछुनै भने पनि
कमसेकम हलुका भएर मर्नेछु
तर त्यो भन्दा अगाडी
तिर्नु छ मैले
समयकै भाऊमा
केहि घामहरू - केहि उज्यालोहरू !!

जर्मनी,वाइमार

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस