मुख्य पृष्ठ » कविता » मिराज मन

मिराज मन

आकाश झैँ फराकिलो
बाफ झैँ हलुका
आँखा झैँ निश्चल
फूल झैँ सुन्दर
शीत झैँ चोखो
मुस्कान झैँ मिठो
कपास झैँ कोमल
हिमाल झैँ सेतो
 
हुन्छ मन..कहिले फेरी
 
सुरुंग झैँ खुम्चिएको
पहाड झैँ गरुङ्गो
मरुभूमि झैँ रुखो
काडा झैँ तिखो
जरा झैँ बेट्टारिएको
दलदल झैँ भास्सिएको
कुइरो झैँ अस्पस्ट
औसी झैँ निस्पस्ट
हुन्छ यो मन..!


-पोखरा


 


पाठकको प्रतिक्रिया
अन्य कविताहरू