मुख्य पृष्ठ » कविता » कालो प्वाल

कालो प्वाल

bool(false)

आजकल
उनीहरू चिन्तित छन्
बिह्वलित छन्
अधैर्य छन्
बिचलित छन्
उनीहरूको पुस्तौनिको सिरकमा
अनयासै कालो प्वाल परेको छ ।

उनीहरूलाई थाहा छ
त्यो सिरक
कहाँ कहाँ पुगेनन्
क—कस्ले ओढेनन्
राम—सीता ले बनवासका कुटीहरूमा ओढेको सिरक
मिश्रका घुमन्तेहरूले
पपयारसको डुङ्गा हेल्दै
आन्द्रमहासागर तर्दा ओढेको सिरक
बुद्धले दरवार छोडेपछि, आजिवन ओढेको सिरक
तेन्जीङ र एडमण्डहरूले
सगरमाथा चढ्दा होस्
इा उँटका गोठालाहरूले उँटका ताँतीसँगै
सहारा मरुभूमि तर्दा होस्
वा, सिल्करोडका बटुवाहरूले
गुफामा—पाखामा रात बिताउँदा होस्
ओढेको त्यही सिरकमा
आज प्वाल परेको छ ।

प्वालबाट
चिसो सिरेटो
तातो वायु
पिरो खार
खरानी र लाभाहरू
धुवाँ र धुलो
ह्वात् ह्वाती भित्र छिरिरहेका छन्
सिरकभित्रको मोसम बद्लिइरहेको छ
र त त्यहाँ
तातो — चिसो भएको छ
चिसो —तातो भएको छ
उनीहरूका इन्द्रियहरू
नितान्त नौला अनुभूतहरूमा
रुमलिएका छन् —रन्थनिएका छन्
चिन्तित छन् उनीहरू
वंश नास हुने कुरामा
बिचलित छन् उनीहरू
डाइनोसरझैँ लोप हुने कुरामा
पाण्डा र गैँडा झैँ खाताको सुचीमा पर्ने कुरामा
बिडम्वना
सिरकभित्र उनीहरूलाई डसने उढुस उपियाँहरू
सिरकभित्रै बसेर सिरकै प्वाल पार्ने
ढुसि, कीरा, मुसा र फट्याङ्ग्राहरू
निसंकोच प्रफुल्ल छन् ।

अहिले
प्वाल टाल्ने एउटा संकल्पमा
डाइनोसर नहुने अर्को संकल्पमा
एक हुल उनीहरू
एकत्रित छन्
खोज्न रामका कुटीहरू
उजाड भईसकेका जंगलहरूमा
भेट्नलाई मिश्रका घुमन्तेहरूका डुँगा
न्युयोर्क, मियामी र क्युबेकका बन्दरगाहका
भिमकाय जहाजहरूको भीडमा
आतुर छन् —लाउनलाई हिउँ सँगै बिलाएका
तेन्जीङ र एडमण्डका बक्खुहरूलाई
अनि
खोज्नलाई
पुष्पक विमान, बेजिङ, हिथ्रो र सिकागोका व्यस्त मैदानहरूमा
तल्लिन्छन् पहिल्याउन बुद्ध हिँडेका बाटाहरू, भीर र पाखाहरूमा
इच्छुक छन् खोल्नलाई भत्केका सिल्करोडका गोरेटा, कुइनेटा र गुफाहरू
किनकि उनीहरू
एउटा अभियानमा छन्
एउटा कसरतमा छन्
उही कालो प्वाल टाल्ने संकल्पमा !


(हालः हिरात, अफगानिस्तान)

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस