गजल

खोक्रो अहम् फ्याँकी देऊ, सुखी हुन्छौ विश्वाश गर !
मोह डाह त्यागी देऊ, सुखी हुन्छौ विश्वाश गर !



पल्टाई पल्टाई जिन्दगीको किताब हेर्नेहरु सुन,
केही पाना च्याती देऊ, सुखी हुन्छौ विश्वाश गर !



लुगालाई नाँङ्गा देऊ , भोजनलाई भोका देऊ,
कुवालाई प्यासी देऊ, सुखी हुन्छौ विश्वाश गर !



बर्सौ देखि मुर्छित् पीडित, आमाको त्यो मुहारमा,
अलि खुशी छ्यापी देऊ, सुखी हुन्छौ विश्वाश गर ।



भत्काउनेलाई रोजी रोजी, घर बनाउने जिम्मा दियौ,
सक्छौ सच्चा ज्यामी देऊ, सुखी हुन्छौ विश्वाश गर !

 

                         ***

पाठकको प्रतिक्रिया
अन्य गजलहरू