मुख्य पृष्ठ » कविता » इच्छापत्र

इच्छापत्र

bool(false)


मलाई थाहा छ
एकदिन
मसँगै जानेछन्
म जाँदा
मैले बाँचेको जीवन
मेरा तमाम सुख-दुख
र ,मेरा सपनाहरू ।
* *
मैले देखेको उजेलो
मैले टेकेको धरती
र ,मेरो आकाश
सायद उस्तै रहनेछन्
मात्र रहनेछैन मेरो उपस्थिति कुनै दिन
र पनि ,
रहने छ मेरो याद
र मेरो प्रतिबिम्ब
मेरा तमाम आफन्तहरू माझ ।
* *
भन्नेछन् -पढ्दा/पढ्दै गयो
भन्नेछन्-पढाउँदा/पढाउँदै गयो
अक्षरहरूकै स्वप्न देख्ने साले -पागल स्वप्नद्रष्टा
स्वप्न देख्दादेख्दै गयो
* *
नभनून् -

बदमास थियो . गयो
ठीकै भयो

दुश्मन थियो , गयो
ठीकै भयो

दुष्ट थियो गयो
ठीकै भयो ।।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस