मुख्य पृष्ठ » कविता » नयाँ प्रभुको नयाँ भजन !

नयाँ प्रभुको नयाँ भजन !

bool(false)

प्रभुको लीला अपरम्पार !
तिम्रै रचना सब संसार
राख हातमै तालाचाबी
मात्र दिलाऊ सिंहदरवार !



तीर्थ नयाँ छ दिल्लीमा
डाकिरहन्छौ तारन्तार
जसले प्रभुको भजन गर्यो
उसलाई मिल्यो प्रभुको प्यार
प्रभुको लीला अपरम्पार !



अंजुली या लोटामा
के जल चढाउनु त्यो बोतामा
सिङ्गो नदीनै अर्पण गर्छौं
गर्नुहवस् लौ प्रभु स्वीकार
प्रभुको लीला अपरम्पार !

 

कृपा भयो कि माथि पुग्छौँ
रिसानी भो, तल झर्छौं
तिम्रै चरणमा छौँ, लम्पसार
तिम्रै शरणमा छौँ, गर उध्दार
प्रभुको लीला अपरम्पार !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस