गजल

 

जाउ भन्छौ जान्छु बेहाल हुनेछौ
आँशुले भिजेको रुमाल हुनेछौ


धन बिनाको लक्ष्मी कस्ले पुज्छ भन
म बिना तिमी नी कङगाल हुनेछौ



यो लाशलाई मार्ने बुन्दैछौ सपना
तिमी आफ्नै धारले हलाल हुनेछौ



बढ्दैछ घमन्ड स्वर्गको बासमा
जब छोड्छ 'देव'ले पाताल हुनेछौ !

पाठकको प्रतिक्रिया
अन्य गजलहरू