मुख्य पृष्ठ » कविता » बेसारको खेती

बेसारको खेती

string(43) "user_uploads/members/374869528277_large.jpg"
लेखक
भूपिन
नाम : भूपिन
  भूपिन का रचनाहरू

विचार रोपेका थियौं फाटहरूमा
पहेलिएर गए
सौंन्दर्य फलाउन चाहेका थियौं बारीहरूमा
बिरामी भए
त्यहीं नजिकै गाज हालेर फस्टाइरहेको छ
बेसारको खेती

मौसमले छर्छ माटोमा उर्वरता
तर यहाको उर्वरता कसले बदल्यो ?
यहा“को आद्रता कसले बदल्यो ?
कसले बनायो यो देशको माटोलाई
बेसारको लागि अनुकुल ?
कसले बनायो यो देशको पानीलाई
विचारको लागि प्रतिकुल ?

नेताको अनुहार हेर्छु
बेसारे देख्छु
न्यायलयको गजुर हेर्छु
बेसारे देख्छु
यो देशमा डुबिरहेको घाम बेसारे
उदाइरहेको जून बेसारे
अल्लारे मौसम
र मनहरू बेसारे ।

यो देश
भूपीको हल्लैहल्लाको देश मात्र हैन
बेसारै बेसारेहरूको देश पनि भएकोछ
किनभने बेसारसंग
जुनसुकै रङलाई पनि
आफ्नो बनाउने सामथ्र्य छ
हरियो साग या रातो गाजर
सेतो काउली या बैजनी भण्टा
बेसारले सिर्फ पहेलो बनाउछ

सुख पो हुनुपर्ने
यो देशमा
दुखमात्र छ बेसारजस्तो
जेलाई छुन्छ
दुखी बनाउछ
व्यवस्था हुनुपर्ने
यो देशमा
अव्यवस्था मात्र छ बेसारजस्तो
जे भेट्टाउछ
आफन्त बनाउछ
न कुनै स्वाद थप्छ खानामा
न कुनै शक्ति थप्छ शरीरमा
तर पनि यो देशमा
बेसारको आतङ्क चलिरहेछ ।

यो देशको पार्लियामेन्ट
भान्साघर जस्तै छ
जहा स्वस्थता बहिस्कृत
र बेसार स्वीकृत छ
जहा बेसारे अधिवेशनहरूमा
त्रासदीपूर्ण नाटकको अन्तिम दृष्य
सधैंभरि मन्चित छ

तर नबिर्सौं
पकाउने बेलामा
जति माया गर्छौ हामी बेसारलाई
भान्सापछि साबुन दलेर
उत्ति नै घृणापूर्वक पखालिरहेका हुन्छौं
औंलाका कापहरूबाट
ओठका कोसाहरूबाट
जिब्रो, दात
र भाडाहरूबाट ।

देशैभरि चलिरहेको छ बेसारको आतङ्क
अब म
बेसारको ड्याङ्मा आगो झोसेर
विचारको खेतमा पानी हाल्न जान्छु ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस